विश्व क्रिकेट लिग टोली छनोट : तीन नयाँ अनुहार (नागरिक)

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत वैशाख ४ र ६ मा नामिबियाविरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय टोलीमा तीन नयाँ अनुहार परेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार घोषणा गरेको टोलीमा यु–१९का कप्तान राजु रिजाल र स्पिनर सन्दिप लामिछाने पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका छन्। राजुको कप्तानीमा नेपालले आठौं स्थानमा रहेर यु–१९ विश्वकपअन्त्य गरेको थियो। प्रतियोगितामा सन्दिपले १४ विकेट लिएका थिए। त्यस्तै सुसन भारी पनि नयाँ अनुहार हुन्।उनले पनि यु–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन्।

नागरिकमा थप पढ्नुहोस्

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *