नामिबियासँग जित्दा वा हार्दा नेपाललाई के हुन्छ? (माधव धिताल, सेतोपाटी)

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले नामिबियासँग आफ्नै घरेलु मैदानमा दुईवटा खेल खेल्दैछ। नामिबियासँग खेल्न नेपाली टोलीको तयारी लगभग सकिसकेको छ। नेपाली टोलीलाई प्रक्षिक्षक जगत टमाटा र परामर्श प्रशिक्षकका रुपमा पुबुदु दायानायिकेले प्रशिक्षण दिइरहेका छन्। नेपाली खेलाडी अन्तिम अभ्यासमा व्यस्त छन्। विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले वैशाख ४ र ६ गते नामिबियाविरुद्ध खेल्न लागेको दोस्रो ‘होम म्याच’ हो। आइसिसीको नियमअनुसार विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दुई वर्षमा १४ वटा म्याच खेल्नुपर्ने हुन्छ। नेपालले तीन राष्ट्रसँग घरेलु मैदानमा र तीनवटा खेल बाहिर खेल्नुपर्ने हुन्छ। बाँकी एक खेललाई भने आइसिसीले ‘तटस्थ’ मैदानमा राखेको छ।

सेतोपाटीमा थप पढ्नुहोस्

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *