विकेट हेर्दै रणनीति बनाउँदै (विनोद पाण्डे, कान्तिपुर)

कीर्तिपुर क्रिकेट मैदानको विकेट नेपालका लागि पानीपँधेरो जस्तै हो । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शनिबार र सोमबार नामिबियासँग एक दिवसीयमा खेल्दा नेपाल त्यही विकेटलाई लिएर अझै ढुक्क हुन सकेको छैन । नेपाल क्रिकेट संघ (क्यान) मा अस्तित्व विवादलाई लिएर जुहारी चलिरहेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आफ्नै मातहतमा नेपाल–नामिबियाको खेल आयोजना गर्दैछ । त्यसको प्रभाव त्रिवि क्रिकेट मैदानको विकेटमा पनि देख्न सकिन्छ । आईसीसी एसियाका डेभलपमेन्ट म्यानेजर बन्दुला वार्नापुरा आफैं विकेट तयारी गरिरहेका छन् । नेपाली क्युरेटरहरू उनको छायाँमा छन् । वार्नापुरा मंगलबार विकेटमा पूरा समय खर्चिरहेका थिए ।

कान्तिपुरमा थप पढ्नुहोस्

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *