नेपाली क्रिकेट हाँक्ने निकाय छैन : आइसिसी (नागरिक)

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का ग्लोबल विकास निर्देशक टिम एन्डरसनले नेपाली क्रिकेटमा तत्काल दैनिक कामकाजका लागि समेत कुनै आधिकारिक प्रशासनिक निकाय नभएको बताएका छन्। नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) को विवादवारे बोल्दै एन्डरसनले भने, ‘विश्व क्रिकेट लिगअन्तर्गत नामिबियाविरुद्धका खेल आइसिसीले नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद (राखेप) को सहयोगमा आयोजना गरिरहेको छ। नेपाली क्रिकेटमा दुई समानान्तर संघ छन्। क्रिकेटको विवाद अदालतमा पुगेको छ। अहिले नेपालमा कुनै क्रिकेटको सर्वोच्च निकाय छैन। आइसिसी चाढो भन्दा चाढो यस्तो अन्योलको अवस्था टुंगियोस भन्ने चाहन्छ।’

नागरिकमा थप पढ्नुहोस्

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *