क्रिकेटमा जिम्मेवार र उत्तरदायी अधिकारी आउनुपर्छ: पारस खड्का (अजय फुयाल, नागरिक)

एउटा खेलाडीलाई निलम्बनको सव्द सुन्न पक्कै राम्रो लाग्दैन । निलम्बनमा पर्नु क्रिकेट र नेपाली खेल जगतका लागि राम्रो समाचार होइन । तर नेपाली क्रिकेट जसरी चलेको थियो, त्यसले यो अवस्था आउने पक्का थियो । निर्वाचित संघले आफ्नै पारामा चुनाव गरेर वैधानिकता नवीकरण गर्‍यो । त्यसमा कतिपय खुसी थिएनन । सरकारले निर्वाचन प्रक्रिया ठिक भएन भनेर तदर्थ समिति बनायो । त्यो पनि काम गर्न सक्ने अवस्थामा थिएन । अदालतमा मुद्धा पर्‍यो । आइसिसीले मिलेर काम गर्न मौका दिएको हो । नत्र धेरै पहिला प्रतिवन्ध लगाउन सक्थ्यो । तर दूर्भाग्य कसैले पनि त्यो मौका उपयोग गर्न खोजेन ।

थप नागरिकमा पढ्नुहोस्

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *