सम्बन्ध जोड्दै क्रिकेट (अजय फुयाल, नागरिक)

मदन भण्डारी र सुशील कोइराला नेपाली राजनीतिका दुई विपरीत ध्रुवलाई नेतृत्व गर्ने नाम हुन् । पछिल्लो तीन दशकदेखि नेपाली राजनीतिमा सबभन्दा ठूला प्रतिद्वन्द्वीका रूपमा लड–भिड गर्दै आएका नेकपा एमाले र नेपाली कांग्रेस कमै मात्र एकअर्काप्रति सहिष्णु हुन्छन्।

यी दुईलाई विगतमा व्यवस्था नै परिवर्तन गर्ने उद्देश्यबाहेक सत्ताले मात्र एक ठाउँमा उभ्याउन सकेको छ । यस्तै दुई चिर प्रतिद्वन्द्वी दललाई प्रमुखका रूपमा नेतृत्व गर्नेहरूको नाम हो मदन भण्डारी र सुशील कोइराला । … तर यही समयमा यसअघि सत्ताबाहेकको स्वार्थमा कहिल्यै नमिलेका दुई दलको भावना खेलकुदले एकठाउँमा ल्याएको छ । शुक्रबार र शनिबार कीर्तिपुरमा मदन भण्डारी स्पोट्स एकेडेमीले गर्न लागेको ग्रान्ड क्रिकेट कार्निभलमा सुशील कोइराला स्मृति फाउन्डेसन सहयोगीका रूपमा आएको छ।

थप समाचारका लागि यहाँ थिच्नुहोस् ।

This entry was posted in Uncategorized, समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *