नेपाल क्रिकेट संघको विवाद अब समाधान होला ? (सरोज तामाङ, बाह्रखरी)

राखेपका सदस्य सचिव केशवकुमार विष्टले मंगलबार पत्रकार सम्मेलन नै गरी अब छिटै नेपाली क्रिकेटले निकास पाउने दाबी गरे । कार्यक्रममा निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेल र आईसीसीले गठन गरेको सल्लाहकार समितिका संयोजक विनयराज पाण्डे पनि उपस्थित थिए । सदस्य सचिव विष्टले भने, “हाम्रो आग्रहलाई स्वीकार गर्दै आईसीसीका कार्यवाहक अध्यक्ष इमरन ख्वाजासहितको टोली यहाँ आएको हो । क्यान विवाद समाधान भए आगामी जुनभित्र फुकुवा हुने कार्यवाहक अध्यक्ष ख्वाजाले आश्वासन दिनुभएको छ ।”

सदस्य सचिव विष्टले थपे, “नेपाली क्रिकेटको विकास गर्न हामी सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन । क्रिकेटको विकास गर्न नै निर्वाचित समिति, सल्लाहकार समिति र आईसीसीसँग सहमति भएको छ ।”

के क्यानले अब निकास पाउला त ? थप बाह्रखरीमा पढ्नुहोस् ।

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *