यसरी मिल्दै छ नेपाली क्रिकेटको विवाद, कसले के–के त्यागे ? (हाम्रोकुरा)

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले नेपाल क्रिकेट संघ क्यान माथिको निलम्बन फुकुवा गर्ने प्रष्ट जनाउ दिएको छ ।

आइसीसीले आफु लिएको समयसीमाभित्र गर्नु पर्ने सबै काम गरिसक्नु पर्जे शर्त राखेको छ । नेपाली क्रिकेटको विवाद समाधनको सहजिकरण गर्न उपाध्यक्ष इमरान ख्वाजाको नेतृत्वमा नेपाल आएको टोलीले दुई दिन (आइतबार र सोमबार) क्रिकेटसँग सम्बन्धित पक्षसँग छलफल गर्‍यो ।

ख्वाजासहितको टोलीले नेपालमा रहदा निर्वाचित क्यान तथा सल्लाहकार समूहसहित राखेपका सदस्यसचिव केशव विष्टसँग छलफल गरेको थियो । बैठकपछि सल्लाहकार समितिले बनाएको विधान पारित गर्ने र निर्वाचनका लागि निगरानी (मोनिटरिङ) समिति बनाउने सहमति भएको थियो । समितिमा ३ जना आइसीसीका सदस्य रहने र निर्वाचित क्यान र खेलकूद परिषद्का १–१ जना सदस्य रहनेछन् । जसले प्रदेश र केन्द्रको निगरानी गर्ने छ । आवश्यकता अनुसार जिल्लामा ३ सदस्यीय रिभ्यू समिति बनाउन सकिने आइसीसीले जनाएको छ ।

थप हाम्रोकुरामा पढ्नुहोस् ।

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *