Category Archives: समाचार

नेपाल एकदिवसीय अन्तर्राष्ट्रियमा (कान्तिपुर)

कप्तान पारस खडकाले टिम सूची म्याच रेफ्रीलाई बुझाउने छन् । टसको सिक्का सम्भवत: घरेलु टोली भएकाले नेदरल्यान्ड्सका कप्तान पिटर सिलारसँग हुनेछ । उनले ‘हेड अथवा टेल’ भन्नेछन्। पारसले त्यसमा एउटा छान्ने छन्। त्यससँगै नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने राष्ट्रमा प्रवेश गर्नेछ। नेदरल्यान्ड्सको एमस्ट्राडमको एमस्टलभिनस्थित भीआरए क्रिकेट मैदानले बुधबार नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने २३ औँ राष्ट्र बनाउनेछ। आईसीसी ११, एसिया ११, अफ्रिका ११ र इस्ट अफ्रिका गरी कुल २६ टोलीले यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन्। नेपाल २७ औं टोली बन्नेछ। थप कान्तिपुरमा पढ्नुहाेस् ।

Posted in समाचार | Leave a comment

नेपालले खेल्ने ऐतिहासिक एकदिवसीय क्रिकेटको बारेमा थाहा पाउनुस् सम्पूर्ण जानकारी (पहिलाेपाेस्ट)

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको २२ वर्षपछि नेपालले पहिलो पटक आइसीसीको मान्यता प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्दैछ। नेपालको लागि धेरै अर्थमा यो ऐतिहासिक हुनेछ। गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय विश्वकपमा एसोसिएटतर्फ उत्कृष्ट तीनभित्र पर्दै नेपालले आगामी चार वर्षको लागि एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको हो। त्यसको साढे दुई महिनापछि नेपालले युरोपियन राष्ट्र नेदरल्याण्ड्ससँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने अवसर पाएको हो। अब नेपाल त्यसको नजिकै पुगेको छ। थप पहिलाेपाेस्टमा ।

Posted in समाचार | Leave a comment

‘नेपाली क्रिकेटलाई छिटो निकास देउ’ (हाम्रो खेलकूद)

नेपाल क्रिकेट संघ (क्यान) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले झन्डै दुई वर्षअघि निलम्बन गरेको थियो । निलम्बनकै अवस्थामा नेपालले केहि दिनअघि एक दिवसिय राष्ट्रको मान्यता प्राप्त गरेको छ । यस्तोमा पनि क्यान विवाद समाधानको सम्भावना देखिएको छैन । कहिले सम्ममा नेपालको निलम्बन फुकुवा हुने यसै भन्न सकिने अवस्था पनि छैन । खेलाडीहरुको संस्था क्रिकेट प्लेयर एसोसिएसन अफ नेपाल (सिप्यान) को तेस्रो चुनावी साधारण सभापछि नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तानहरुले छिटो भन्दा छिटो क्रिकेट विवादको सामाधानका लागि आग्रह गरेका छन् । थप हाम्रोखेलकूदमा पढनुहोस् ।

Posted in समाचार | Leave a comment

ओपनिङमै प्रमाणित गर्न चाहन्छु: ज्ञानेन्द्र मल्ल (कान्तिपुर)

प्राविधिक हिसाबमा नेपालका सबैभन्दा निपुण ब्याट्सम्यान मानिएका ज्ञानेन्द्र मल्लका लागि पछिल्लो एक महिनामा भएको विश्व क्रिकेट लिग डिभिजन २ र विश्वकप छनोट बिर्सनलायक बन्यो । आफ्नो प्रदर्शनका हिसाबमै उनी यसलाई सम्झन चाहँदैनन् । नेपालबाट प्रमुख आस गरिएका यी ओपनिङ ब्याट्सम्यानले डिभिजन २ र विश्वकप छनोटका १२ खेलमा उनले १ सय ४२ रनमात्र बनाउन सके । आफूले प्रदर्शन दिन नसकेकामा उनलाई ग्लानि छ । यही मौकामा नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पायो । नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्रसँग यसै सेरोफेरोमा कान्तिपुरका लागि विनोद पाण्डेले गरेको कुराकानी यहाँ पढ्न सकिन्छ ।

Posted in समाचार | Leave a comment

शक्ति समर्पण (माधव ढुंगाना, कान्तिपुर)

भैरहवाको पडसरीस्थित सिद्धार्थ राजमार्गसँगै जोडिएको पश्चिमतर्फको एउटा घरमा ८ वर्षदेखि साइनबोर्ड छ— ‘स्टार क्रिकेट एकेडेमी ।’ ८–१० वर्षे बालकदेखि लक्का जवानसम्म त्यहाँ भेला हुन्छन् । कोही ब्याट चलाउँदै त कोही बलिङ गर्दै हुन्छन् । अनि सबैलाई सिकाईरहेका हुन्छन् प्रख्यात क्रिकेटर शक्ति गौचन । डेढ दशकयता नेपाली टिमकै सशक्त खेलाडीका रूपमा स्थापित शक्तिले भैरहवामा एकेडेमी चलाएर क्रिकेटमा ऊर्जा थपिरहेछन् । थप पढ्न कान्तिपुरमा जानुहोस् ।

Posted in समाचार | Leave a comment

यसरी मिल्दै छ नेपाली क्रिकेटको विवाद, कसले के–के त्यागे ? (हाम्रोकुरा)

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले नेपाल क्रिकेट संघ क्यान माथिको निलम्बन फुकुवा गर्ने प्रष्ट जनाउ दिएको छ । आइसीसीले आफु लिएको समयसीमाभित्र गर्नु पर्ने सबै काम गरिसक्नु पर्जे शर्त राखेको छ । नेपाली क्रिकेटको विवाद समाधनको सहजिकरण गर्न उपाध्यक्ष इमरान ख्वाजाको नेतृत्वमा नेपाल आएको टोलीले दुई दिन (आइतबार र सोमबार) क्रिकेटसँग सम्बन्धित पक्षसँग छलफल गर्‍यो । ख्वाजासहितको टोलीले नेपालमा रहदा निर्वाचित क्यान तथा सल्लाहकार समूहसहित राखेपका सदस्यसचिव केशव विष्टसँग छलफल गरेको थियो । बैठकपछि सल्लाहकार समितिले बनाएको विधान पारित गर्ने र निर्वाचनका लागि निगरानी (मोनिटरिङ) समिति बनाउने सहमति भएको थियो । समितिमा ३ जना आइसीसीका सदस्य रहने र निर्वाचित क्यान र खेलकूद परिषद्का १–१ जना सदस्य रहनेछन् । जसले प्रदेश र केन्द्रको निगरानी गर्ने छ । आवश्यकता अनुसार जिल्लामा ३ सदस्यीय… Read More

Posted in समाचार | Leave a comment

बेहद खुसी छन् सन्दीपका अभिभावक (विनोद पाण्डे, कान्तिपुर)

सन्दीप लामिछानेले चार वर्षअगाडि एउटा हक्की निर्णय गरेका थिए, नेपाल फर्किने । त्यतिखेर उनी अभिभावकसँग भारतमा बस्दै आएका थिए । क्रिकेटको ठूलो संस्कार रहेको भारत छाडेर नेपालमा भविष्य खोज्ने उनको यो निर्णय निकै चुनौतीपूर्ण थियो । नेपाली क्रिकेट भारतको तुलनामा खासै केही थिएन । १३–१४ वर्षे बालक सन्दीपको मनमा एक्कासि पलाएको नेपाल फर्किने चाहनाले परिवारमा सबैलाई आश्चर्यमा पार्‍यो । तर, अभिभावकले छोराको चाहनामा साथ दिए । थप कान्तिपुरमा पढ्नुहोस् ।

Posted in समाचार | Leave a comment

नेपाल क्रिकेट संघको विवाद अब समाधान होला ? (सरोज तामाङ, बाह्रखरी)

राखेपका सदस्य सचिव केशवकुमार विष्टले मंगलबार पत्रकार सम्मेलन नै गरी अब छिटै नेपाली क्रिकेटले निकास पाउने दाबी गरे । कार्यक्रममा निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेल र आईसीसीले गठन गरेको सल्लाहकार समितिका संयोजक विनयराज पाण्डे पनि उपस्थित थिए । सदस्य सचिव विष्टले भने, “हाम्रो आग्रहलाई स्वीकार गर्दै आईसीसीका कार्यवाहक अध्यक्ष इमरन ख्वाजासहितको टोली यहाँ आएको हो । क्यान विवाद समाधान भए आगामी जुनभित्र फुकुवा हुने कार्यवाहक अध्यक्ष ख्वाजाले आश्वासन दिनुभएको छ ।” सदस्य सचिव विष्टले थपे, “नेपाली क्रिकेटको विकास गर्न हामी सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन । क्रिकेटको विकास गर्न नै निर्वाचित समिति, सल्लाहकार समिति र आईसीसीसँग सहमति भएको छ ।” के क्यानले अब निकास पाउला त ? थप बाह्रखरीमा पढ्नुहोस् ।

Posted in समाचार | Leave a comment

सन्दीप, सम्भावना र सपना (कान्तिपुर, नागरिक र राजधानी)

सन्दीपमाथि दिल्लीको भाउ लागेसँगै सामाजिक सञ्जालमा प्रधानमन्त्रीदेखि ठूला नेताहरूको बधाईको ओइरो नै लागेको थियो । तर, कुनै पनि सरकारले क्रिकेटको समस्या समाधान गर्न दरिलो कदम चालेका छैनन् । सरकार आफैं लागिपर्ने हो भने नेपाली क्रिकेटको समस्या तुरुन्तै हल हुन सक्छ । संघको समस्या समाधान नगरेसम्म क्रिकेटको तीव्र विकास सम्भव छैन । त्यसैले स्वार्थ त्यागेपछि मात्र सन्दीपसँगै नेपाली क्रिकेटले पनि छलाङ मार्न सक्छ । (कान्तिपुरको सम्पादकीय) दिल्लीसँग सन्दीपको आबद्धताले नेपालमा अरु पनि धेरै क्षमतावान् क्रिकेटर छन् भन्ने सन्देश अन्तर्राष्ट्रिय जगत्मा पुगेको छ । यसले नेपालका अरु क्रिकेटरलाई पनि विदेशी लिग खेल्न सम्भावनाको ढोका खोल्नेछ । अन्तर्राष्ट्रिय जगत्मा नेपाली क्रिकेट र खेलाडीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनेछ । सन्दीपलाई दिल्लीले अनुबन्ध गर्नेबित्तिकै अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्क, इङल्यान्डका पूर्वकप्तान माइकल भोनलगायतले ट्विटरबाट बधाई दिँदा प्रयोग गरेका सम्मानजनक शब्दको पक्कै… Read More

Posted in समाचार | Leave a comment

यसरी सिकेका थिए सन्दीपले (कान्तिपुर)

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्काले १२ वर्षयता गृहनगर भैरहवा छाडेर चितवनलाई कर्मथलो बनाएका छन् । चितवन क्रिकेट संघद्वारा सञ्चालित चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षकको जिम्मेवारीले उनलाई नारायणगढ ल्याइपुर्‍याएको हो । सन्दीप लामिछानेको ‘फेयरी टेल’ यात्राले खड्काको प्रशिक्षक–छवि पनि चर्चामा छ । खड्कासँग तीन वर्ष एकेडेमीमा प्रशिक्षण लिएका सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) मा पुगेका छन् । थप कान्तिपुरमा पढ्नुहोस् ।

Posted in समाचार | Leave a comment

सोचेजस्तो छैन तयारी (विनोद पाण्डे, कान्तिपुर)

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली क्रिकेटको सर्वोच्च निकाय निलम्बनमा परेको असर कतिसम्म छ भने त्यो वर्तमान राष्ट्रिय टोलीलाई हेरे पुग्छ । नेपाली क्रिकेटको भविष्यसँग जोडिएको विश्व क्रिकेट लिग डिभिजन २ नजिकिए पनि नेपाली टोलीको तयारीले सोचेअनुरुप गति लिन सकेको छैन । क्यान निलम्बनमा परेका कारण नेपालको राष्ट्रिय क्रिकेट टोलीको तयारी आईसीसीकै भरमा; नेपालले लामो अनुबन्धन दिन नसक्दा भारतका मोन्टी देशाई केही दिनअघि मात्र ब्याटिङ प्रशिक्षक भएर अफगानिस्तान लागे । थप समाचारका लागि यहाँ थिच्नुहोस् ।

Posted in समाचार | Leave a comment

आईपीएलको अक्सन सूचीमा परे सन्दिप लामिछाने (नागरिक)

इण्डियन प्रिमियर लिग (आईपीएल) २०१८ का लागि खेलाडीको अक्सन सूची सार्वजनिक भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले शनिबार अपराह्न सार्वजनिक गरेको ५७८ जनाको सूचीमा नेपालबाट युवा क्रिकेटर सन्दिप लामिछाने छनोट भएका छन्। सूचीको २७६औं नम्बरमा रहेका सन्दिप एशोसियट राष्ट्रबाट छानिएका हुन्। थप समाचारका लागि यहाँ थिच्नुहोस् ।

Posted in समाचार | Leave a comment

सम्बन्ध जोड्दै क्रिकेट (अजय फुयाल, नागरिक)

मदन भण्डारी र सुशील कोइराला नेपाली राजनीतिका दुई विपरीत ध्रुवलाई नेतृत्व गर्ने नाम हुन् । पछिल्लो तीन दशकदेखि नेपाली राजनीतिमा सबभन्दा ठूला प्रतिद्वन्द्वीका रूपमा लड–भिड गर्दै आएका नेकपा एमाले र नेपाली कांग्रेस कमै मात्र एकअर्काप्रति सहिष्णु हुन्छन्। यी दुईलाई विगतमा व्यवस्था नै परिवर्तन गर्ने उद्देश्यबाहेक सत्ताले मात्र एक ठाउँमा उभ्याउन सकेको छ । यस्तै दुई चिर प्रतिद्वन्द्वी दललाई प्रमुखका रूपमा नेतृत्व गर्नेहरूको नाम हो मदन भण्डारी र सुशील कोइराला । … तर यही समयमा यसअघि सत्ताबाहेकको स्वार्थमा कहिल्यै नमिलेका दुई दलको भावना खेलकुदले एकठाउँमा ल्याएको छ । शुक्रबार र शनिबार कीर्तिपुरमा मदन भण्डारी स्पोट्स एकेडेमीले गर्न लागेको ग्रान्ड क्रिकेट कार्निभलमा सुशील कोइराला स्मृति फाउन्डेसन सहयोगीका रूपमा आएको छ। थप समाचारका लागि यहाँ थिच्नुहोस् ।

Posted in Uncategorized, समाचार | Leave a comment

नेपाल–केन्या भिडन्तका इतिहास (विनोद पाण्डे, कान्तिपुर)

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र केन्या शनिबार र सोमबार भिड्दै छन् । पाँच पटक एकदिवसीय विश्वकपमा प्रतिस्पर्धा गरिसकेको केन्याले ५० ओभरमा नेपालसँग भएका दुवै खेल जितेको छ । अभ्यास खेलसमेत हेर्ने हो भने केन्यासँग लगातार तीन खेल हारिसकेको छ । तर ट्वान्टी–२० मा भने केन्यामाथि दुई खेलमै नेपालले विजय पाएको छ । केन्याले सन् २००७ र नेपालले २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो । थप समाचारका लागि यहाँ थिच्नुहोस् ।

Posted in समाचार | Leave a comment

विवादित साधारणसभा निलम्बनको कारण : आईसीसी (कान्तिपुर)

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसनले निर्वाचित नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई आइतबार पत्र पठाउँदै निलम्बनको कारण मंसिरको अन्तिममा भएको क्यानको विवादित साधारणसभा र पदाधिकारीहरूको निर्वाचनपछि क्यान तथा नेपाली क्रिकेटको प्रशासन नियन्त्रणमा लिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तदर्थ समिति गठन गरेको बताएको छ । विवादित साधारणसभाका कारण नै तदर्थ समिति गठन भएको आईसीसीले स्पष्ट पारेको छ । राखेपको हस्तक्षेप पनि आईसीसीको आर्टिकल २.९ ‘बी’ अनुरूप नरहेका कारण क्यानलाई निलम्बन गरिएको आईसीसीले जनाएको छ । निर्वाचित क्यानले आर्टिकल २.९ ‘ए’ अनुसार स्वतन्त्र र निष्पक्ष निर्वाचन नगरेको आईसीसीले पत्रमा उल्लेख गरेको छ । थप पढ्न कान्तिपुरमा जानुहोस ।

Posted in समाचार | Leave a comment

क्रिकेटमा जिम्मेवार र उत्तरदायी अधिकारी आउनुपर्छ: पारस खड्का (अजय फुयाल, नागरिक)

एउटा खेलाडीलाई निलम्बनको सव्द सुन्न पक्कै राम्रो लाग्दैन । निलम्बनमा पर्नु क्रिकेट र नेपाली खेल जगतका लागि राम्रो समाचार होइन । तर नेपाली क्रिकेट जसरी चलेको थियो, त्यसले यो अवस्था आउने पक्का थियो । निर्वाचित संघले आफ्नै पारामा चुनाव गरेर वैधानिकता नवीकरण गर्‍यो । त्यसमा कतिपय खुसी थिएनन । सरकारले निर्वाचन प्रक्रिया ठिक भएन भनेर तदर्थ समिति बनायो । त्यो पनि काम गर्न सक्ने अवस्थामा थिएन । अदालतमा मुद्धा पर्‍यो । आइसिसीले मिलेर काम गर्न मौका दिएको हो । नत्र धेरै पहिला प्रतिवन्ध लगाउन सक्थ्यो । तर दूर्भाग्य कसैले पनि त्यो मौका उपयोग गर्न खोजेन । थप नागरिकमा पढ्नुहोस् ।

Posted in समाचार | Leave a comment

क्यान अाइसीसीको निलम्बनमा पर्नुमा राखेप प्रमुख दोषी ! (माधव धिताल, सेतोपाटी)

क्यान निलम्बनमा पर्ने स्थिति आउनुको प्रमुख दोषी राष्ट्रिय खेलकुद परिषद नै हो। नेपाली क्रिकेट संघ क्यानको स्वायत्त सत्ता भनेको साधारण सभा हो। साधारण सभाले गर्ने निर्णयनै आधिकारिक हुन्छ। त्यसैले साधारण सभाले गरेको निर्णयलाई लत्याउने अधिकार राखेपलाई हुँदैन। थप सेतोपाटीमा पढ्नुहोस् ।

Posted in समाचार | Leave a comment

नेपाल क्रिकेट संघ निलम्बनः घाटा-नाफाको हिसाबकिताब (राजकुमार श्रेष्ठ, अनलाइनखवर)

निलम्बनलाई लिएर सरोकारवालाहरु आरोप-प्रत्यारोप गरिरहेका छन् । राष्ट्रिय खेलकुद परिषद्, तदर्थ समिति र निर्वाचित समितिहरुले निलम्बनको दोष एअर्कालाई लगाइरहेका छन् । तर, यसलाई ‘नयाँ सुरुवात’ का रुपमा लिनेहरुको जमात ठूलै छ । खासगरी क्रिकेट संघमा देखिएको लथालिंग अवस्था र वेथितीलाई लिएर धेरैमा निराशा थियो । अब यहि अवस्थामा नेपाली क्रिकेटले कुनै फड्को मार्ने अपेक्षा गर्न सक्ने अवस्था पनि थिएन ।त्यसैले यसलाई एउटा टर्निङ प्वाइन्ट मान्न सकिन्छ । उसो भए के यो निलम्बन नेपाल क्रिकेटको हितमा हुन सक्छ त ? थप अनलाइनखवरमा पढ्नुहोस् ।

Posted in समाचार | Leave a comment

क्यान र राखेपबीच जुहारी, आइसीसीले गरेको कारबाहीको दोष एकअर्कामाथि (विनोद पाण्डे, कान्तिपुर)

राखेप सदस्य सचिव केशवकुमार विष्ट नेपाल निलम्बन हुनुको जड यसैमा देख्छन्। उनले भने, ‘आईसीसीले नेपाललाई निलम्बन गर्नुको कारण पहिलो बुँदामै अदालतमा मुद्दा परेकाले भनेको छ, त्यसको अर्थ जसले रिट हाल्यो त्यही पहिलो दोषी हुन्छ। रिट हाल्नेले यसको जिम्मा लिनुपर्छ।’ तर निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुर्‍याल यसको सबै दोष राखेपलाई दिन्छन्। ‘क्यान निलम्बन हुनु दुर्भाग्य नै हो। तर हामीले यो स्थिति आउँछ भनेर राखेपलाई धेरै भन्यौं, राखेप सदस्य सचिव गम्भीर हुनुभएन।’ थप कान्तिपुरमा पढ्नुहोस् ।

Posted in समाचार | Leave a comment

क्रिकेट : सम्भावना र दुर्भाग्य (उज्ज्वल आचार्य, नागरिक)

विश्वक्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्धका दुई खेल नेपालमा भएपछि नेपाली क्रिकेट फेरि एकपटक चर्चामा छ। सन् २०१७ सम्ममा दुई वर्ष लगाएर ८ राष्ट्रबीच विभिन्न चरण र स्थानमा हुने प्रतियोगितामा यसअघिका सबै ४ खेल हारेको नेपालका लागि नामिबियासँग घरेलु मैदानमा खेल्न पाउनु सुखद रहने नै भयो। अफ्रिकी प्रतिद्वन्द्वीविरुद्ध शनिबार भएको पहिलो खेलमा खेलाडीले शानदार प्रदर्शन गरेर नेपाली दर्शकलाई खुसी बनाएका छन्। नागरिकमा थप पढ्नुहोस् ।

Posted in समाचार | Leave a comment

नेपाली क्रिकेट हाँक्ने निकाय छैन : आइसिसी (नागरिक)

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का ग्लोबल विकास निर्देशक टिम एन्डरसनले नेपाली क्रिकेटमा तत्काल दैनिक कामकाजका लागि समेत कुनै आधिकारिक प्रशासनिक निकाय नभएको बताएका छन्। नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) को विवादवारे बोल्दै एन्डरसनले भने, ‘विश्व क्रिकेट लिगअन्तर्गत नामिबियाविरुद्धका खेल आइसिसीले नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद (राखेप) को सहयोगमा आयोजना गरिरहेको छ। नेपाली क्रिकेटमा दुई समानान्तर संघ छन्। क्रिकेटको विवाद अदालतमा पुगेको छ। अहिले नेपालमा कुनै क्रिकेटको सर्वोच्च निकाय छैन। आइसिसी चाढो भन्दा चाढो यस्तो अन्योलको अवस्था टुंगियोस भन्ने चाहन्छ।’ नागरिकमा थप पढ्नुहोस् ।

Posted in समाचार | Leave a comment

निरन्तर जितको अपेक्षा (विनोद पाण्डे, कान्तिपुर)

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सोमबार नामिबियासँग दोस्रो खेलमा उत्रँदा नेपालको लक्ष्य जित यात्रालाई निरन्तरता दिनुहुनेछ … ‘शनिबार जुन विकेट थियो, त्यसमा ब्याटिङ गर्न सजिलो थिएन । तर हामी के निश्चित हुनुपर्छ भने नामिबियासँग अर्को खेल जित्ने हो भने हामीले अझ सुधारिएको प्रदर्शन गर्नुपर्छ,’ नेपालका कप्तान पारस खडकाले भने, ‘सबैको प्रयासले पहिलो खेल जित्यौं, दोस्रो खेलमा पनि यस्तै प्रदर्शन दोहोर्‍याउनुपर्छ । हामी हाम्रो खेल योजनामा अडिग हुनुपर्छ ।’ कान्तिपुरमा थप पढ्नुहोस् ।

Posted in समाचार | Leave a comment

विकेट हेर्दै रणनीति बनाउँदै (विनोद पाण्डे, कान्तिपुर)

कीर्तिपुर क्रिकेट मैदानको विकेट नेपालका लागि पानीपँधेरो जस्तै हो । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शनिबार र सोमबार नामिबियासँग एक दिवसीयमा खेल्दा नेपाल त्यही विकेटलाई लिएर अझै ढुक्क हुन सकेको छैन । नेपाल क्रिकेट संघ (क्यान) मा अस्तित्व विवादलाई लिएर जुहारी चलिरहेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आफ्नै मातहतमा नेपाल–नामिबियाको खेल आयोजना गर्दैछ । त्यसको प्रभाव त्रिवि क्रिकेट मैदानको विकेटमा पनि देख्न सकिन्छ । आईसीसी एसियाका डेभलपमेन्ट म्यानेजर बन्दुला वार्नापुरा आफैं विकेट तयारी गरिरहेका छन् । नेपाली क्युरेटरहरू उनको छायाँमा छन् । वार्नापुरा मंगलबार विकेटमा पूरा समय खर्चिरहेका थिए । कान्तिपुरमा थप पढ्नुहोस् ।

Posted in समाचार | Leave a comment

नामिबियासँग जित्दा वा हार्दा नेपाललाई के हुन्छ? (माधव धिताल, सेतोपाटी)

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले नामिबियासँग आफ्नै घरेलु मैदानमा दुईवटा खेल खेल्दैछ। नामिबियासँग खेल्न नेपाली टोलीको तयारी लगभग सकिसकेको छ। नेपाली टोलीलाई प्रक्षिक्षक जगत टमाटा र परामर्श प्रशिक्षकका रुपमा पुबुदु दायानायिकेले प्रशिक्षण दिइरहेका छन्। नेपाली खेलाडी अन्तिम अभ्यासमा व्यस्त छन्। विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले वैशाख ४ र ६ गते नामिबियाविरुद्ध खेल्न लागेको दोस्रो ‘होम म्याच’ हो। आइसिसीको नियमअनुसार विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दुई वर्षमा १४ वटा म्याच खेल्नुपर्ने हुन्छ। नेपालले तीन राष्ट्रसँग घरेलु मैदानमा र तीनवटा खेल बाहिर खेल्नुपर्ने हुन्छ। बाँकी एक खेललाई भने आइसिसीले ‘तटस्थ’ मैदानमा राखेको छ। सेतोपाटीमा थप पढ्नुहोस् ।

Posted in समाचार | Leave a comment

फोटोमा हेर्नुस् यसरी भइरहेको छ नामिबियासँग भिड्न नेपालको तयारी (पहिलोपोस्ट)

प्रतियोगितामा कायम रहन पनि नेपालमाथि नामिबियाविरुद्धको खेल जित्नै पर्ने दबाब छ। नेपाललाई यसपटक ‘होम ग्राउण्ड’ र होमक्राउडको फाइदा पनि हुनेछ। त्यसो त कीर्तिपुर मैदान पूर्ण रुपमा तयार भइसकेको छैन तर पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। मैदानको तयारी पूरा भएको भएपनि संरचना निर्माण सकिएको छैन। मैदानमा डिजिटल डिस्प्ले बोर्ड अझै राखिएको छैन। मैदान छेउमा अझै संरचना निर्माण भइरहेको छ। पहिलोपोस्टमा थप पढ्नुहोस् ।

Posted in समाचार | Leave a comment