Category Archives: समाचार

विश्व क्रिकेट लिग टोली छनोट : तीन नयाँ अनुहार (नागरिक)

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत वैशाख ४ र ६ मा नामिबियाविरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय टोलीमा तीन नयाँ अनुहार परेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार घोषणा गरेको टोलीमा यु–१९का कप्तान राजु रिजाल र स्पिनर सन्दिप लामिछाने पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका छन्। राजुको कप्तानीमा नेपालले आठौं स्थानमा रहेर यु–१९ विश्वकपअन्त्य गरेको थियो। प्रतियोगितामा सन्दिपले १४ विकेट लिएका थिए। त्यस्तै सुसन भारी पनि नयाँ अनुहार हुन्।उनले पनि यु–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। नागरिकमा थप पढ्नुहोस् ।

Posted in समाचार | Leave a comment

परामर्श प्रशिक्षकका रूपमा फर्किए पुबुदु दसानायके (कान्तिपुर)

नामिबियाविरुद्ध वैशाख ४ र ६ मा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि परामर्श प्रशिक्षकका रूपमा पुबुदु दसानायके नेपाल आएका छन्। नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक दसानायके ४ महिनापछि दुई साताका लागि नेपाल आएका हुन् । दसानायकेले नोभेम्बरमा च्याम्पियनसिपको पपुवा न्युगिनीसँगको खेलअघि नै राजीनामा दिएका थिए । कान्तिपुरमा थप पढ्नुहोस् ।

Posted in समाचार | Leave a comment

नामिबियाविरुद्ध तयारीमा व्यस्त नेपाली क्रिकेट (विनोद पाण्डे, कान्तिपुर)

नामिबियाको खेलसँगै नेपालमा ३ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट फर्किने छ । सन् २०१३ को मार्च–अप्रिलमा एसीसी ट्वान्टी–२० भएयता नेपालमा कुनै अन्तर्राष्ट्रिय खेल आयोजना भएको छैन । यसअघि पनि नोभेम्बरमा च्याम्पियनसिपकै नेपाल र पपुवा न्यु गिनीबीचको खेल काठमाडौंमै हुने तालिका थियो । वैशाख १२ को ठूलो भूकम्पमा भत्किएको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानको भौतिक संरचना मर्मत हुन नसकेपछि यो खेल नोभेम्बरमा युएईमा भएको थियो । कान्तिपुरमा थप पढ्नुहोस् ।

Posted in समाचार | Leave a comment