नामिबियाविरुद्ध तयारीमा व्यस्त नेपाली क्रिकेट (विनोद पाण्डे, कान्तिपुर)

नामिबियाको खेलसँगै नेपालमा ३ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट फर्किने छ । सन् २०१३ को मार्च–अप्रिलमा एसीसी ट्वान्टी–२० भएयता नेपालमा कुनै अन्तर्राष्ट्रिय खेल आयोजना भएको छैन । यसअघि पनि नोभेम्बरमा च्याम्पियनसिपकै नेपाल र पपुवा न्यु गिनीबीचको खेल काठमाडौंमै हुने तालिका थियो । वैशाख १२ को ठूलो भूकम्पमा भत्किएको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानको भौतिक संरचना मर्मत हुन नसकेपछि यो खेल नोभेम्बरमा युएईमा भएको थियो ।

कान्तिपुरमा थप पढ्नुहोस्

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *