A password will be e-mailed to you.

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसनले निर्वाचित नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई आइतबार पत्र पठाउँदै निलम्बनको कारण मंसिरको अन्तिममा भएको क्यानको विवादित साधारणसभा र पदाधिकारीहरूको निर्वाचनपछि क्यान तथा नेपाली क्रिकेटको प्रशासन नियन्त्रणमा लिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तदर्थ समिति गठन गरेको बताएको छ ।

विवादित साधारणसभाका कारण नै तदर्थ समिति गठन भएको आईसीसीले स्पष्ट पारेको छ । राखेपको हस्तक्षेप पनि आईसीसीको आर्टिकल २.९ ‘बी’ अनुरूप नरहेका कारण क्यानलाई निलम्बन गरिएको आईसीसीले जनाएको छ । निर्वाचित क्यानले आर्टिकल २.९ ‘ए’ अनुसार स्वतन्त्र र निष्पक्ष निर्वाचन नगरेको आईसीसीले पत्रमा उल्लेख गरेको छ ।

थप पढ्न कान्तिपुरमा जानुहोस ।